२२ असार २०८३, सोमबार

असुरक्षित रुपमा आमा बन्दै, भैँसीगोठमै सुत्केरी

फागुन ५, २०७४
असुरक्षित रुपमा आमा बन्दै, भैँसीगोठमै सुत्केरी

जाजरकोट, ५ फागुन– नलगाड नगरपालिका ८ की विष्णु खत्री २०४४ सालमा सुत्केरी हुँदा भैँसीगोठमा भएको अनुभव सुनाउनुहुन्छ । उहाँले पाचँ छोराछोरीको जन्म गोठमै असुरक्षित रुपमै भएको नमिठो यथार्थ पनि बताउनु भयो । 

उहाँले पहिलो पटक सुत्केरी भएको करिब ३० वर्ष बितिसेकेको छ तर उहाँकी बुहारी कैशी खत्री ३० वर्षपछि सासूआमा जस्तै गरी असुरक्षित रुपमा सुत्केरी हुन बाध्य भएको पीडा विष्णुले सुनाउनुभयो । 

गाउँका सबै महिला विष्णुको बुहारी जस्तै गरी दिनहुँ सुत्केरी हुने गरेका छन् । टाढा स्वास्थ्य संस्था र सडकसँग गाउँ नजोडिएका कारण डोकोमा बोकेर लैजान समस्या भएको हो, गोरखापत्रमा खबर छ ।


 

salt training

कमेन्ट गर्नुहोस्