
चितवन, १२ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि क्याम्पस रामपुरमा छापा हानेको छ ।
केहि पहिले प्राध्यापकसहित विभिन्न पदहरुका लागि खुलाइएको करार विज्ञापनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियारले शुक्रबार छापा हानेको हो ।
उजुरी पश्चात केन्द्रको समन्वयमा क्षेत्रीय कार्यालय हेटौडाबाट गएको टोलीले शुक्रबार छापा हानी आवश्यक कागजात नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ ।
प्राधायकलगायत विभिन्न पदमा आफन्तलाई नियुक्त गर्ने हिसावले करारको विज्ञापन निकालेर अनियमितताको प्रयास गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।