२२ असार २०८३, सोमबार

तीन पटक प्रत्यक्ष निर्वाचित रवीन्द्र अधिकारी पर्यटन मन्त्री

तीन पटक प्रत्यक्ष निर्वाचित रवीन्द्र अधिकारी पर्यटन मन्त्री

काठमाडौं २ चैत्र –पछिल्ला तीनवटा चुनावमा लगातार प्रत्यक्ष निर्वाचित एमालेका युवा नेता रवीन्द्र अधिकारी पहिलो पटक मन्त्री बन्ने भएका छन् । 

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बन्न लागेका हुन् ।

२०६४ र ७० सालको संविधानसभा चुनावमा विजयी अधिकारी प्रतिनिधि सभाको चुनावमा पनि प्रत्यक्ष निर्वाचित भएका थिए । 

संसदको विकास समितिको सभापति बनिसकेका अधिकारीले ‘समृद्ध नेपाल’ नामक पुस्तक लेखेका छन् ।

अधिकारी सहित नवनियुक्त मन्त्रीहरुको शपथ शुक्रवार हुँदैछ । 
 

salt training

कमेन्ट गर्नुहोस्