१६ असार २०८३, मंगलबार

प्रहरीबाटै किशोरी 'वलात्कृत', यसरी भयो  घटना सार्वजनिक

चैत १४, २०७४
प्रहरीबाटै किशोरी 'वलात्कृत', यसरी भयो  घटना सार्वजनिक

पाचथर, १४ चैत-विपन्न परिवारकी १४ बर्षीया किशोरी प्रहरीबाट बलात्कृत भएकी छन् । अभियुक्तले पीडित परिवारलाई धम्क्याउँदै गर्भपतन गराउन खोज्दा बलात्कार घटना सार्वजनिक भएको छ । 

अन्नपूर्ण पोस्ट लेख्छ- फाल्गुनन्द गाउँपालिकाको नवमीडाँडा प्रहरी चौकीका ईन्चार्ज असई बलबहादुर ठटालले किशोरीलाई बलात्कार गरेर गर्भवती  बनाएको आरोप लागेको छ । 

किशोरीले बान्ता गर्न थालेपछि साथीलाई सोध्न लगाउँदा प्रहरी हाकिमले बलात्कार गर्दा गर्भवती भएको भनेपछि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गरिएको थियो । 

छोरीका बारेमा बुझ्न खोज्दा ठटालले कहिले विभिन्न प्रलोभन देखाउँदै त कहिले धम्क्याउँदै आएको पीडितका बुवाले बताए । 

ठटालले गर्भपतन गराउन किशोरी र उनका बुवालाई फिदिम ल्याएको खुलेको छ । 

उनले किशोरीलाई मंगलबार जिल्ला अस्पाल पुर्याएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्