
बैतडी, १७ चैत–जिल्लाको मेलौली बहुमुखी क्याम्पस काँडा मेलौलीका शिक्षक र कर्मचारीहरुले तलब नपाएको भन्दै सञ्चालक समितिलाई चाबी बुझाएका छन् ।
१७ महिनादेखि तलब नपाएको भन्दै उनीहरुले सञ्चालक समितिलाई चाबी बुझाएका हुन् । ‘भोको पेटले काम गर्न सकिँदैन भन्ने साथीहरुले आवाज उठाए, लामो समयदेखि तलब पाएका छैनौं । बाध्य भएर चाबी बुझाएका हौं।’ क्याम्पस प्रमुख भवानीसिंह नायकले भने, ‘हामी तलब नपाएसम्म काम गर्न सक्ने स्थितिमा छैनौं । ’, अन्नपूर्ण पोस्टमा खबर छ ।