३० जेठ २०८३, शनिबार

डिपिएल : रुपन्देहीमाथि सीवाईसी अत्तरियाको शानदार जित

डिपिएल : रुपन्देहीमाथि सीवाईसी अत्तरियाको शानदार जित

काठमाडौं, १८ चैत– रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा सीवाईसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई ९ विकेटले पराजित गरेको छ । आज भएको खेलमा सीवाईसी अत्तरियाले ९ विकेटको शानदार जित निकालेको हो ।

रुपन्देही च्यालेन्जर्सलाई मात्र ६१ रनमा अलआउट गरेको अत्तरियाले मात्र ७.३ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य भेट्टायो । सुवास खकुरेल १९ रनमा आउट भए । गोरभ चित्तरा ३० र प्रेम तामाङ १४ रनमा अविजित रहे । 
चार ओभरमा १५ रन खर्चेर चार विकेट लिएका अत्तरियाका कमलसिंह ऐरी म्यान अफ दि म्याच भए ।

यसअघ पहिले व्याटिङ गरेको रुपन्देहीले मात्र १५.२ ओभरमा सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । उसका सुफयान मोहम्मदले २० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्ने क्रममा कमल सिंह ऐरीले ४ विकेट लिए भने शुभंकर उरावले ३ विकेट लिए ।

हिजो भएको उद्घाटन खेलमा काठमाडौंँ गोल्डेन्सले साविक विजेता टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको थियो । आज दिउँसो १ बजे विराटनगर किंग्स र महेन्द्रनगर युनाईटेडबीच खेल हुँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्