१४ असार २०८३, आइतबार

शिल्पा र सुनील ग्रोबरबीच झगडाको भिडियो बन्यो भाइरल

बैशाख १३, २०७५
शिल्पा र सुनील ग्रोबरबीच झगडाको भिडियो बन्यो भाइरल

कमेडियन सुनील ग्रोवर पछिल्ला दिनमा शिल्पा सिन्देसँग कमेडि शो जियो धन धना धनमा देखिइरहेका छन् । दुई जनाको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् । तर एक भिडियोका कारण केही दिनयता उनीहरु चर्चामा छन् । 

फिल्म सुटिङको सेटमा सुनिल र शिल्पाबीच हातहालाहाल भएको भिडियोमा देख्न सकिन्छ ।

दुई जनाबीचको यो झगडा सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर शिल्पा र सुनीलका फ्यान चिन्तित बन्ने अवस्था आउनु भन्दा पहिले नै वास्तविकता सार्वजनकि भएको छ । 

जियो धन धना धनको सेटमा भएको झगडाको यो भाइरल बनेको भिडियो शुटिङको भएको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । 

शिल्पा सिन्दे सुनील ग्रोबरको पत्नीको भूमिकामा छिन् । दुइजनाको बीचको राम्रो केमेस्ट्रिको तारिफ गरिरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्