
काठमाडौं, १३ वैशाख– गृह मन्त्रालयले आफू मातहतका ३० जना सहसचिव र ३० जना उपसचिवको सरुवा गरेको छ । सह–सचिव र उपसचिवको सरुवा गर्दा ३५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।
गृहले उप–सचिवले नेतृत्व गरेका १५ र सहसचिवले नेतृत्व गरेका २० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको हो ।
यस्तै अन्य सह–सचिव र उपसचिवहरुलाई मन्त्रालयअन्तर्गतका महाशाखा, शाखा र विभागमा सरुवा गरेको छ ।
हेर्नुहाेस् कसकाे कहाँ सरूवा भयाे ?

