२२ असार २०८३, सोमबार

बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बैशाख ३१, २०७५
बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल, ३१ वैशाख– रुपन्देही र पाल्पाको सीमा क्षेत्र शिद्धबाबामा गएराति गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । भीषण हावाहुरीसहित आएको पानीका कारण पहिरो जादाँ सडक अवरुद्ध भएको हो ।

राति १ बजे दोभान–बुटवल सडकखण्डको हेडबक्स नजिकै सडकमाथिबाट ढुंगासहितको पहिरो गएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

यातायात अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँचीतर्फ जाने र ती जिल्लाबाट बुटवल आउने यात्रु बाटो मै रोकिएका हुन् । 

पहिरो हटाउने तयारी भइरहेको छ । पहिरो हटाउनका लागि बुटवलबाट डोजर पठाइएको छ । पहिरो हटाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्