
विराटनगर, १० जेठ– सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चुडामणि उप्रेति गोरेको बयान मोरङ जिल्ला अदालतमा आज पनि जारी छ ।
मंगलबार मोरङ जिल्ला अदालतमा उपस्थित गराइएका गोरेको बयान बुधबारदेखि शुरु भएको थियो । बुधबार दिनभर बयान भएको भएपनि नसकिएका कारण उनका बयान जारी रहेको जिल्ला अदालत मोरङले जनाएको छ ।
गोरेको बयान बन्द इजलासमा भइरहेको छ ।
बुधवार जिल्ला अदालत मोरङमा बयान दिँदै गोरेले सनमको हत्या आफूले नगरेको बताएका छन् ।
गोसनमलाई यातना दिइ मारिएको ठाउँको बारेमा आफूलाई जानकारी भएपनि सनमको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको गोरेको भनाइ छ ।
गोरेले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका तथा फरारको सूचीमा रहेका अभियुक्तमध्ये केहीलाई मात्र आफूले चिनेको अदालतसमक्ष बयान दिएका छन् ।
गोरे जेठ आठ गते काठमाडौंको गौरीघाटबाट पक्राउ परेका थिए ।
गोरेले प्रहरी हिरासतमा आफू असुरक्षित भएको भन्दै बुधबार जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । त्यसपछि अदालतले उनको सुरक्षा प्रवन्ध गर्न निर्देशन दिएको थियो ।