
काठमाडौं, २४ जेठ– नेपाल प्रहरीमा अब ५ जना मात्रै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रहने भएका छन् । बिहीवार गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले नेपाल प्रहरीमा प्राविधिकसहित ५ जना एआईजीको दरबन्दी रहने निर्णय गरेको हो ।
यसअघि प्राविधिकसहित प्रहरीमा १६ जनासम्म एआईजी पुगेका थिए । दलीय भागवण्डा मिलाउने नाममा प्रहरीमा एआईजीको दरबन्दी थप्ने तथा घटाउने क्रम चलिरहेको थियो । अब भने संघीय प्रहरी ऐनमै प्राविधिकसहित ५ जना एआईजीको दरबन्दी रहने व्यवस्था गरिने छ ।
सशस्त्रमा २ जना एआईजी
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा बिहीवार गृह मन्त्रालयमा बसेको बैठकले सशस्त्र प्रहरीमा २ जना एआईजी रहने निर्णय गरेको छ । तत्काल दरबन्दी मिलानका लागि ३ जना एआईजी रहने र पछि २ जनामा सीतित राख्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले लोकान्तरलाई बतायो ।