०२ साउन २०८३, शनिबार

घोषणापत्र अनुसार सरकारले बजेट ल्याउन नसक्नुमा देउवाको दोष–ओली

घोषणापत्र अनुसार सरकारले बजेट ल्याउन नसक्नुमा देउवाको दोष–ओली

विराटनगर, २६ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित्त दुखाउनुपर्ने अबस्था नरहेको बताउनुभएको छ ।

विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबै पक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताउनुभयो । 

तुरुन्तै ब्यवस्थित भइहाल्ने अबस्था नभएकोले त्यसलाई ब्यवस्थापन गर्दै लगिने प्रधानमन्त्री ओलीले बताउनुभयो । चुनावी घोषणा पत्र अनुसार बजेट ल्याउन नसकेको बिषयमा ओलीले अघिल्लो (शेरबहादुर देउवा नेतृत्वको) सरकारलाई दोष लगाउनुभएको छ । 

अघिल्लो सरकारले बिना योजना ७ सय ५० अर्ब बाँडेकोले त्यो तिनुपर्ने दायित्व अहिलेको सरकारमा आएको ओलीले बताउनुभयो । 

‘साढे ७ अर्ब अघिल्लो सरकारले मनपरी बाँडेको अबस्था छ, यो राजश्वको ठूलो प्रतिशत हामीले दायित्व लिनु पर्ने छ , ओलीले भन्नुभयो, अहिले अर्थतन्त्रको हिसावले घुँडा टेकेको छ, त्यसलाई ट्रयाकमा ल्याउनु छ । ’ योजनामा नै नभएका ठेक्का पट्टाहरु लागेकोले ७ सय ५० अर्ब भनेको ठूलो रकम भएकालेले यो दायित्व पुरा गरेन भने अप्ठेरो आउने ओलीको भनाइ छ ।  

अघिल्लो सरकारको मनपरी निर्णयको कारण अहिले सामाजिक सुरक्षाको पक्षलाई धेरै बढाउन सक्ने अबस्था नरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । ‘सामाजिक सुरक्षाको सवालमा गम्भीरताको साथ सोचिएको छ, तत्काललाई नभएपनि अरु ढंगले बिमा, स्वास्थ्य सुबिधाको पक्षहरुमा ध्यान दिएका छौ, प्रधानमन्त्री ओलीले भन्नुभयो । भताभुङग पारिएका क्षेत्रहरुलाई आगामी दिनमा ट्याकमा ल्याएपछि थप बिषयहरु नागरिकको सामाजिक सुरक्षासँग जोडिएर आउने ओलीको भनाइ थियो । 

श्रोतको शुनिश्चीतता भन्दै उधारो र धरौटी बिनाको जमानी गर्दै ठेक्का पट्टा कार्यक्रम स्वीकृत भन्दै रकम दिइएको ओलीको आरोप छ । 

ओलीले समस्याकाबीच देशबाट गरिबी हटाउने प्रतिबद्धता जनाउनुभएको छ । 

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याईएको बिषयमा ओलीले भन्नुभयो ‘अब बिपक्षी दललाई पनि सरकारमा ल्याउन पनि बेर छैन ।’ ओलीले सहमतिको आधारमा देश बनाउने काममा लागेकोले विपक्षीहरु आँतिनु पर्ने अबस्था नआएको बताउनुभयो । 
 

salt training

कमेन्ट गर्नुहोस्