२२ असार २०८३, सोमबार

एक अर्बका हुन्डी कारोबारी दुई करोड धरौटीमा रिहा

जेठ २८, २०७५
एक अर्बका हुन्डी कारोबारी दुई करोड धरौटीमा रिहा

काठमाडौं, २८ जेठ–एक अर्बभन्दा धेरै हुन्डीको कारोबार गर्ने सातजनालाई राजस्व अनुसन्धान विभागले २ करोड ४ लाख १० हजार रुपैयाँ धरौटी र बिगोमा छाडिदिएको छ । नेपाल ओभरसिज मार्केटिङका राहुलराय अग्रवाल, एलाइट बिजनेस प्रालिका राजकुमार श्रेष्ठ, सङतानी ट्रेडर्सका शिवकुमार स्याङतानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरिया, रवीन्द्र चोखानीलाई धरौटी र विनिका सेल एन्ड साइन मार्केटिङका राजकुमार सिघान्ची र जगदीश राना सरियालाई साधारण तारेखमा छाडिएको हो, नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्