२२ असार २०८३, सोमबार

नेकपाको कार्यबहाक अध्यक्षको जिम्मा माधव नेपाललाई

नेकपाको कार्यबहाक अध्यक्षको जिम्मा माधव नेपाललाई

काठमाडौं ५ असार–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कार्यबहाक अध्यक्षको जिम्मा माधवकुमार नेपालले पाएका छन् । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली चीन तथा पुष्पकमल दाहाल 'प्रचण्ड' सिंगापुरमा रहेका कारण नेपालले कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका हुन् । 

६ दिने औपचारिक भ्रमणका लागि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार चीन भ्रमणमा लागेका छन् । प्रचण्डभने पत्नी सीताको उपचारको लागि सिंगापुरमा छन् । 

कार्यबहाक प्रधानमन्त्रीको जिम्मा उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले पाएका छन भने संसदीय दलको नेताको कार्यबहाकको जिम्मा उपनेता सुवासचन्द्र नेम्वाङले पाएका छन् । 

तश्वीरः विष्णु रिजालको फेसबुकबाट 

salt training

कमेन्ट गर्नुहोस्