२२ असार २०८३, सोमबार

चुनावमा पार्टी पराजयको समीक्षा गर्न कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडामा शुरु

चुनावमा पार्टी पराजयको समीक्षा गर्न कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौंडामा शुरु

हेटौंडा ५ असार–गत निर्वाचनमा पार्टी पराजयको समीक्षा तथा भावी रणनीति तय गर्न नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला मकवानपुरको हेटौंडामा शुरु भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलवार जिल्ला सभापतिहरुको भेला उद्घाटन गरेका हुन् । 

बिहीवारसम्म चल्ने जिल्ला सभापतिहरुको भेलाले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षा गर्ने कार्यसूची छ ।

उदघाटनशत्र सकिए लगत्तै मंगलवार नै बन्द सत्र प्रारम्भ हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

उनका अनुसार भेला संगठन, विधान र सामयिक मुद्दा गरी  मुलत तीन एजेन्डामा केन्द्रित रहनेछ ।

नेतृत्वको असक्षमताका कारण चुनावमा पार्टीले पराजय व्यहोरेको भन्दै केही केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिको भेला, महासमिति बैठक र शीघ्र महाधिवेशन माग गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्