१४ असार २०८३, आइतबार

सगुनको मिनी आइपिओमा प्रवासबाट उत्साहजनक आवेदन, तीन दिनमै १० करोडभन्दा बढी जम्मा

कात्तिक २०, २०७४
सगुनको मिनी आइपिओमा प्रवासबाट उत्साहजनक आवेदन, तीन दिनमै १० करोडभन्दा बढी जम्मा
काठमाडौं- नेपालीले स्थापना गरेको आइटी स्टार्ट अप कम्पनी सगुनले निस्कासन गरेको मिनी आइपिओमा उत्साहजनक सहभागिता देखिएको छ । सगुनमा १ हजारभन्दा बढीले लगानी गरेका छन्। उनीहरुले १० लाख डलर (करिव १० करोड रुपैयाँ) भन्दा बढी लगानी गरेको सगुनका संस्थापक गोविन्द गिरीले जानकारी दिए ।

एउटा स्टार्ट अप कम्पनीले सेयर निस्कासन गरेको ७२ घन्टा नवित्दै यतिधेरै रकमको आवेदन परेकाले हामी निकै उत्साहित भएका छौं, उनले भने, ‘हामीले छिट्टै टार्गेट मिट गर्ने लक्षण देखिएको छ ।’ उनले खासगरी अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक सहभागिता देखिएको बताए ।

सगुनले मिनी आइपीओमार्फत बिश्वबजारमा २ करोड डलरको सेयर निस्कासन गरेको छ । हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्छ । यस हिसाबले कम्तीमा २९९ डलर लगानी गर्नुपर्ने हुन्छ । सगुनलाई अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन ९एसइसी०ले केही दिन अघि मिनी आइपिओ जारी गर्न अनुमति दिएको थियो ।

सेयरको ग्लोबल मार्केटमा नेपालीले स्थापना गरेको सगुनमा प्रवासमा रहेका नेपालीले लगानी गर्न पाउनु राम्रो अबसर पनि हो । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा लगानी भित्र्याउने घोषणा गरिसकेको छ ।

मिनी आइपिओ के हो ?
सगुनले भर्खरै अमेरिकाको जब्स एक्ट अनुसार अमेरिकामा मिनी आइपीओ निस्कासन गर्ने अनुमति पाएको हो । मिनी आइपीओ भोलि राम्रो प्रगति गर्ने सम्भावना भएका कम्पनीलाई विकासको चरणमा आवश्यक पर्ने रकम जुटाउन सेयर निस्कासन गर्न दिइने अनुमति हो । यसमा थोरै आम्दानी भएका ब्यक्तिहरुले समेत लगानी गर्ने अबसर पाउँछन् ।

सगुन डटकम के हो ?
सगुन इंक अमेरिकामा दर्ता भएको स्टार्टअप आइटी कम्पनी हो । यसले भारतको नयाँदिल्ली र काठमाडौंमा कार्यालय स्थापना गरेर आफ्ना प्रोडक्टहरु डेभलपमा लागिरहेको छ । एक अर्कालाई सामाजिक संजालमा जोड्ने फरक प्लेटफर्म उपलब्ध गराउने र यसले आफ्ना प्रयोगकर्ता बढाएर गरेको आय तिनै प्रयोगकर्तालाई बाँड्ने फरक अवधारणाका साथ ब्यवसायिक योजना सार्बजनिक गरेको छ ।
कस्तो प्रतिफल देला सगुनले ?
स्टार्ट अप कम्पनी भनेको भोलि राम्रो विस्तार हुन सक्ने सम्भावना भएको कम्पनीको सुरुआतको स्टेज हो । यस्तो अबस्था फेसबुक सुरुआत हुँदा ताका थियो । अहिलेको सगुनको अबस्था आजभन्दा १० बर्षअघि अहिलेको चर्चित कम्पनी फेसबुकसग तुलना गर्न सकिन्छ । लगानी जुटाउन त्यति बेला फेसबुकले आफ्नो शेयर सस्तोमा बेच्नु परेको थियो । त्यतिखेर सर्बसाधारणलाई त्यस्ता कम्पनीमा लगानी गर्न पाउने कानुन थिएन । त्यसैले ठूला लगानीकर्ताहरुले फेसबुकमा त्यतिखेर गरेको लगानीबाट १ हजार २ सय गुना कमाइ गरिसकेका छन् । त्यो बाहेक कम्पनीले बिभिन्न अफरहरु समेत दिएको छ । अहिले दोस्रो बजारमा फेसबुकको सेयर किन्न चाहनेहरुले त्यही बढेको मूल्य तिर्नुपर्छ । अहिले किनेको सेयरले त्यति प्रतिफल दिने कल्पना गर्नै सकिन्न । त्यसको बजार विस्तारको सीमा निकै साँघुरो भइसकेको छ ।

सगुनमा अहिले लगानी गर्दा भोली यसले आफ्नो स्वरुप फेसबुकले जस्तै विस्तार गरेको अबस्थामा त्यसको प्रतिफलको हकदार तिनै सेयरधनी हुने छन् । सुरुआतको कम्पनी भएको सगुनको भविष्यको अनुमान अहिल्यै लगाउन सकिन्न । सगुनमा लगानी गर्न केही न केही जोखिम मोल्नु नै पर्छ । राम्रो भएर गएमा असिमित प्रतिफलको भागिदार बन्न सकिन्छ । त्यसैले बजारमा यसको सेयर मूल्य पनि कम छ । हुनतः सगुनको सुरुआतमा लगानी गर्ने संस्थापक लगानीकर्ताको सम्पत्तिको बजार मूल्य अहिले २३ गुणाले बढी सकेको छ । त्यसैले सगुनले प्रतिसेयर २३ डलरका दरले मिनी आइपिओ विक्री गर्ने अनुमति पाएको हो । भोलि यही दरमा मूल्य नबढ्ला भन्न सकिन्न ।

कहाँबाट गर्न सकिन्छ लगानी ?
सगुनको आइपिओमा नेपालबाट भने लगानी गर्न सकिन्न । नेपालको कानुनले विदेशमा लगानी लैजान रोक लगाएको छ । संसारका अन्य अधिकांश मुलुकबाट मिनी आइपिओमा लगानी गर्न सकिन्छ । तोकिएको कित्ता बराबरको आवेदन जम्मा भएपछि सेयर निस्कासन बन्द हुन्छ ।
कसरी गर्ने लगानी ?
सगुन डटकम/इन्भेस्टमा त्यहाँ दिइएको फर्म भरेर लगानी गर्न सकिन्छ । अमेरिकामा रहेकाहरुले विद्युतीय माध्यमबाट रकम तिर्न सक्नेछन् । त्यसका लागि बैंक खाता नम्बर र बैंकको राउटिङ नम्बर आवश्यक पर्छ । उनीहरुले चेकबाट पनि रकम तिर्न सक्नेछन् ।

अमेरिका बाहिर बसोबास गर्नेहरुले भने विद्युतीय माध्यमबाट मात्र पठाउन सक्छन् । लगानीकर्ताले किनबेच विवरणपत्र र सेयर दलाल कम्पनीको बैंक खाताको विवरण स्थानीय बैंकलाई उपलब्ध गराएपछि स्थानीय बैंकले रकम पठाइ दिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्