०७ साउन २०८३, बिहीबार

मेगा बैंकद्वारा स्याङ्जाको भीरकोटमा वृक्षारोपण

मेगा बैंकद्वारा स्याङ्जाको भीरकोटमा वृक्षारोपण

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा वृक्षारोपण गरेको छ । 

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिका–३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा वृक्षारोपण गरेको हो । भीरकोट नगरपालिकाका मेयर छायाँराम खनाल, उपमेयर सिमा कर्माचार्य, सञ्चारकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक र विद्यार्थीको सहभागितामा रुद्राक्ष, कपुर, चाँप, पारिजात, अम्रिसो लगायत विभिन्न जातका ३ सय वटा विरुवा रोपिएका छन् ।

वृक्षारोपणले विद्यालयलाई हराभरा बनाउन मद्दत गर्नेका साथै हरित कम्पाउन्ड बनाउन मद्दत मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवीन्द्र अधिकारीले विश्वास व्यक्त गरे । 

यसैगरी, मेगा बैंकले एक कार्यक्रमबीच भीरकोट नगरपालिकाकै रिजु दोबाटास्थित महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पोशाक वितरण गरेको छ । असहाय र जेहेन्दार २३ जना विद्यार्थीलाई बैंकले स्कूल पोशाक वितरण गरेको हो । बैंकले विद्यालयको कामलाई सहज होस् भन्ने उद्देश्यले एउटा स्टील दराज पनि सहयोग गरेको छ ।

कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले मेगा बैंकले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउन खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्