
काठमाडौं–पूर्व प्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपालले जोरपाटी साँखु सडकखण्डको काम तत्काल सक्न निर्देशन दिएका छन् ।
विहीवार चाबहिल–बौद्ध–जोरपाटी–साँखु सडक खण्डको अनुगमन गदै काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेता नेपालले काममा ढिलाइ गर्नेमाथि कारबाहीको चेतावनी दिएका हुन् ।
भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश सांसद रामेश्वर फुयाल, मन्त्रालयका सचिब, सडक विभागका प्रमुख र ठेकेदारसहित अनुगमनमा पुगेका नेता नेपालले १५ दिन पछि पुन अनुगमनमा आउँदा सडकको अवस्था सुधार हुनुपर्ने बताए ।
निर्माणको जिम्मा पाएका ठेकेदारले भने,‘अब हजुर १५ दिन पछि आउँदा खाल्डाखुल्डी पुरिने छ ।’
नेता नेपालले सडक निर्माणका क्रममा एउटा निकायले अर्को निकायलाई देखाएर पन्छन खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसलाई देखाएर कोही पनि उम्कन नापाउने बताए ।
नेता नेपालले भने,‘सडक निर्माणमा सम्बन्धित सडक विभाग, विद्युत प्राधिकरण, ढल व्यवस्थापन गर्ने सबैले समन्वय गर्न आवश्यक छ’ नेता नेपालले भने,‘त्यसका लागि सम्बन्धित पक्ष जिम्मेवार हुन जरुरी छ ।’
यो पनि पढ्नुहोस्- वर्षा लाग्दै गर्दा चाबहिल–जोरपाटीका सर्वसाधरणको पिर–सडकमा धान रोप्ने कि गाडी कुदाउने !
मन्त्रीज्यू,हिलोमै फोटो खिचाउन पर्ने भए जोरपाटी गए हुन्न ? [फोटोफिचर]
स्थानीयवासीले भने नेता नेपालले अनुगमन गर्ने भएपछि ठेकेदारले हिजो(बुधबार) खाल्डाखुल्डी पुर्ने र सडक सफा गर्ने कार्य गरेको भन्दै अनुगमन हल्ला नगरि गर्न सुझाव दिए ।
पहिला दुई वटा घरका कारण निर्माणको काम रोकिएको भएपनि अहिले उक्त घरहरु भत्किएको र अव निर्माणको कम तिव्ररुपमा अघि बढ्ने ठेकेदारले आश्वासन दिए ।



तस्वीर/भिडियो- राजेश राईको फेसबुकबाट