२२ असार २०८३, सोमबार

माछापुच्छ्रे बैंकका ग्राहकले ‘कनेक्ट आईपीएस’ सेवा पाउने

माछापुच्छ्रे बैंकका ग्राहकले ‘कनेक्ट आईपीएस’ सेवा पाउने

काठमाडौं – माछापुच्छ्रे बैंकले नेपाल क्लीयरिङ्ग हाउसको ‘कनेक्ट आईपीएस’को सदस्यता लिएको छ ।

माछापुच्छ्रे बैंकका ग्राहकले ‘कनेक्ट आईपीएस’ मार्फत् भुक्तानी प्रक्रिया, अन्तर बैंक रकमान्तर, बिल भुक्तानी, सहज, सरल र सुरक्षित माध्यमबाट गर्न सक्ने छन् । सेवा उपयोग गर्न ग्राहकले ‘कनेक्ट आईपीएस’मा रजिस्टर गर्नुपर्ने छ ।

रजिस्ट्रेसनको क्रममा दिएको फारम भरेर बैंकमा बुझाउनुपर्ने छ । सेवा सुचारु भएपछि ग्राहकले ‘कनेक्ट आईपीएस’को वेवसाइटमा गई १ लाख रुपैयाँसम्मको बिल भुक्तानी र रकमान्तर गर्न सक्ने छन् । हितग्राही पनि ‘कनेक्ट आईपीएस’कै प्रयोगकर्ता भएमा हितग्राहीको मोबाइल नम्बर वा खाता नम्बर प्रयोग गरी रकमान्तर गर्न सकिने छ ।

नेपाल सरकारको राजस्व समेत भुक्तानी गर्न सकिने सेवा २४ सै घण्टा उपलब्ध छ । बैंकले देशभर ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टर लगायत २२ शाखारहित बैंकिङ्ग सेवा गरी १ सय १० स्थानबाट बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर ९९ वटा एटीएम सञ्चालनमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्