०७ साउन २०८३, बिहीबार

विराटनगरमा देखिए कृष्ण जन्माष्टमीका दिन मनै लोभ्याउने मूर्ति

विराटनगरमा देखिए कृष्ण जन्माष्टमीका दिन मनै लोभ्याउने मूर्ति

विराटनगर– साउन महिनाको पहिलो हप्तादेखि नै माटोको मूर्ति बनाउन व्यस्त भएका कलाकारलाई आजको दिन थप भ्याइँ–नभ्याइँ छ ।

आइतवार कृष्ण जन्माष्टमी भएका कारण राति १२ बजेसम्म कलाकारहरू कृष्ण भगवानको मूर्ति सिँगार्न व्यस्त छन् । साउन महिनादेखि नै नेपाली हिन्दू धर्मालम्वीको चाड पनि शुरू हुन्छ । चाड पर्व शुरू भएसँगै विराटनगरमा रहेका अधिकांश मूर्तिकार व्यस्त छन् ।

विराटनगर महानगरपालिका–१३ सैनिक टोलका ४१ वर्षीय विजय महतो विगत २६ वर्षदेखि माटोका मूर्ति बनाउने पेशामा संलग्न छन् । विजयलाई आइतवार श्रीकृष्ण भगवानको मूर्ति सजाउन भ्याइँ–नभ्याइँ छ । उनले काम गर्ने ६ जना मजदुर पनि राखेका छन् । दैनिक ४ देखि ६ सय रुपैयाँसम्म ज्यालादारी दिएर माटोको मूर्ति बनाउन राखेका छन् ।

महतो भन्छन्, ‘साउनको महिना लाग्नासाथ मूर्ति बनाउनको लागि धेरै नै माग आए, यसपालिको कृष्ण जन्माष्टमीको लागि ६५ वटा मूर्तिको अडर आएको छ । आइतवार बेलुकीसम्म सबै तयारी गरिसक्नुपर्छ ।’

उनले बनाएको मूर्ति १ हजारदेखि ११ हजार रुपैयाँसम्मका रहेका छन् । १ सिजनमा ४० देखि ५० हजार रुपैयाँसम्म फाइदा हुने उनले बताए । विराटनगर–१३ कै प्रेम महतो पनि यस पटक ७३ वटा माटोका मूर्ति बनाएका छन् । उनले तयार पारेको मूर्ति सबै तयार भइसकेका छन् । ५ हजारमा २ ट्याक्टर माटो किनेर उनले यसपालि ७३ वटा कृष्ण भगवानको मूर्ति तयार पारेका छन् ।

उनको १ हजारदेखि ९ हजार रुपैयाँसम्मको मूर्ति अर्डर आएको सुनाए । मूर्ति बनाउन उनले भारतबाट सामान लिएर आउने गरेका छन् । यसपालि मूर्ति बनाउनको लागि शृंगारका सामानमा धेरै कर बढाएर आफूहरूलाई समस्यामा परेको बताए ।

विराटनगरको दक्षिणी क्षेत्र सैनिक टोल उत्तरी तीनपैनी, बरगाछी, हाटखोला क्षेत्रमा रहेका मूर्तिकार यतिबेला मूर्ति बनाउन कलाकार लागिपरेको छन् । कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा, दूर्गा पूजा, आनन्द पूजा, छैठ तथा फागुनको अन्तमा सरस्वती माताको मूर्ति बनाउने काम कलाकारले गर्दै आएका छन् । उनीहरूको वार्षिक कमाइ २ लाख रुपैयाँसम्म  हुने गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्