
काठमाडौं–भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली सोमबार भारतको लखनउ जाँदै छ । भारत र अफगानिस्तानसँग एकदिवसीय सिरिज खेल्न नेपाली यू—१९ टोली भारत जान लागेको हो ।
मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले घोषणा गरेको टोली जान लागेको हो । ५० ओभरको प्रतियोगितामा नेपालसहित भारत ‘ए’ र ‘बी’ तथा अफगानिस्तानको यू–१९ टोलीले लखनउमा खेल्ने छन् ।
युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक वर्ष आयोजना गर्ने यो सिरिजमा गत वर्ष श्रीलंकाको यू– १९ टोलीलाई बोलाएको थियो यस पटक नेपाललाई मौका दिइएको हो ।
यस्तो छ खेल तालिका-