२२ असार २०८३, सोमबार

अाज राजधानीका कुन-कुन रुटमा चल्दैन गाडी, कुन बाटो प्रयोग गर्ने ?

अाज राजधानीका कुन-कुन रुटमा चल्दैन गाडी, कुन बाटो प्रयोग गर्ने ?
फाइल तस्बिर

काठमाडौं – बुधवार हरितालिका तीज । नेपाली हिन्दू नारीहरूको महान पर्वका अवसरमा हुनसक्ने भीडभाडलाई मध्यनजर गर्दै प्रहरीले ट्राफिक व्यवस्थापनका लागि विशेष व्यवस्था गरेको छ ।

अति नै भीडभाड हुने क्षेत्र भएर चल्नुपर्ने सवारी साधनलका लागि वैकल्पिक मार्गको व्यवस्था गरिएको छ ।

हेर्नुहोस्, कहाँ चल्दैन गाडी र कुन बाटो प्रयोग गर्ने ?

मालबाहक सवारी साधनहरू :

- तीनकुनेबाट गौशालातर्फ र गोपिकृष्णबाट चाबहिलतर्फ आउन रोक लगाइएको ।

- नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरूलाई पनि उक्त दिन रोक लगाइएको ।

यात्रुबाहक सवारी साधनहरू :

- नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनहरूलाई पुरानो बसपार्क, भद्रकाली, माईतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगा सम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाइएको । 

- रातोपुल गौशाला, चावहिल हुँदै बौद्ध तर्फ चल्ने सवारी साधनहरू पूरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्ध तर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाइएको ।

- कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माईक्रो बसहरू सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको ।

- रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माईक्रोबस र टेम्पोहरूलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाइएको ।

- शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माईक्रोबस तथा टेम्पोहरू पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाइएको ।

पार्किङ्ग व्यवस्थापन :

- तिलगंगा – दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटक (YCL मार्ग)

- गौशाला प्रभाग – पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनहरू ।

‍- कोषको कार्यालय – पासवाला सवारी साधन

- अमालकोट – पासवाला सवारी साधन÷भारतीय दर्शनार्थीको सवारी साधन ।

- सिफलचौर – स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तिर्थयात्रीका सवारी साधन ।

salt training

कमेन्ट गर्नुहोस्