
काठमाडौं– ७ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोक्नका लागि गरिएको सिफारिसविरुद्ध धनगढीमा प्रदर्शन भएको छ ।
धनगढीबाट राजधानी सार्न लागिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदेशको नाम र राजधानीबारे सुझाव संकलन गर्न गठित समितिले नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्न सिफारिस गरेको थियो ।
राजधानी सिफारिस भएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले ७ नम्बर प्रदेशको प्रदेशसभा अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
स्थानीयहरुले धनगढीबाट राजधानी सार्ने निर्णय आफूहरुलाई मान्य नहुने जनाउँदै आएका छन् ।








