
काठमाडौं — चीनमा एक ट्याक्सी चालकले अनुहारको छाला जोगाउने प्याक लगाएर गाडी चलाउँदा कठोर सजाय भोग्नुपरेको छ ।
स्किनकेयर मास्क लगाएर ट्याक्सी चलाएपछि उनलाई जागिरबाट निकालिएको हो । चेन युङ नामक यी ट्याक्सी चालक लिन्हाई प्रान्तमा काम गरिरहेका थिए ।
रातको समयमा ड्युटीमा हुुँदा उनले अनुहारलाई ताजा राख्नका लागि फेस मास्क प्रयोग गरौं न त भनी सोचे । त्यही मास्क लगाएर उनले नजिकैको पेट्रोल पम्पमा तेल हाल्न जाँदा एक महिलाले फोटो खिचेर सामाजिक सञ्जालमा शेयर गरिन् । फोटो चीनको सञ्जालमा भाइरल भयो । 
ट्राफिक प्रहरीले यो पोस्ट भाइरल भएपछि आरोपित चालकको पहिचान गरेर उसलाई ट्राफिक नियमको जानकारी दिएको छ । गाडी चलाउँदा उसको मास्क झरेमा उसले अगाडि हेर्न नसकेर दुर्घटना हुनसक्ने सम्भावना हुन्थ्यो भनी प्रहरीले सम्झायो ।
कम्पनीले चालकलाई जागिरबाट पूरै निकालेको नभई तीन दिनका लागि निलम्बन गरिएको हो ।
एजेन्सी