२१ असार २०८३, आइतबार

तीनै तहको निर्वाचन गराउन एमालेले खबरदारी गर्ने

कात्तिक २०, २०७४
तीनै तहको निर्वाचन गराउन एमालेले खबरदारी गर्ने
धनकुटा, १६ फागुन - नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान संशोधन विधेयक कुनै पनि हालतमा पारित नहुने दाबी गर्नुभएको छsubash

एमाले धनकुटाले आज डाँडाबजारमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले संविधान संशोधनका पक्षधर समूहको सङ्ख्या दिनदिनै घट्दै गएको तथा राप्रपाले समेत विपक्षमा मतदान गर्ने भएकाले विधेयक पारित नहुने निश्चित रहेको बताउनुभयो ।

“देशको अवस्था जटिल मोडमा रहेकाले एमाले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न तत्पर छ, आगामी २०७४ माघभित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्न हामी सरकारलाई खबरदारी गर्छाैँ ।” मधेसकेन्द्रित दल सत्ता समर्थक रहेर संविधानको विरोध गर्नुमा कुनै तुक नभएको उहाँको भनाइ छ । रासस

salt training

कमेन्ट गर्नुहोस्