१४ असार २०८३, आइतबार

नेकपामा नयाँ धार नभएको झलनाथको दाबी

कात्तिक २५, २०७५
नेकपामा नयाँ धार नभएको झलनाथको दाबी

झापा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलमा नयाँ धारको कुरा निराधार भएको बताएका छन् । 

झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा नेता खनालले तल्लो र वर्गीय सङ्गठन भङ्ग भएकाले पार्टीभित्र केही असन्तुष्टि रहेको उल्लेख गरे  । “नेकपा ठूलो पार्टी हो, लाखौँ सदस्य र लाखौँ समर्थक छन्”, उनले भने, “उहाँहरु सबै अहिले असङ्गठित हुनुहुन्छ, यस्तो बेलामा केही असन्तुष्टि आउनु स्वाभाविक हो ।” 

नेता खनालले स्थायी कमिटीको बैठकपछि एकता प्रक्रिया अघि बढ्ने बबताए । 
 तीनै तहको सरकार मुलुक विकासको मार्गमा अघि बढिरहेको बताउँदै नेता खनालले भने, “जनतालाई सन्तुष्टि दिने गरी सरकार तीव्र गतिमा अघि बढ्न आवश्यक छ ।” 
 

salt training

कमेन्ट गर्नुहोस्