
काठमाडौँ – कांग्रेसले धर्म प्रचारका लागि स्थापित आईएनजीओको कार्यक्रममा सरकार र संघीय संसद् सहआयोजक बनेको भन्दै आपत्ति प्रकट गरेको छ ।
युनिभर्सल पिस फेडरेसन (यूपीएफ) को नेपाल शाखाले मंसिर १५ र १६ गते काठमाडौंमा दि एसिया प्यासिफिक समिट (२०१८) को आयोजना गर्दैछ । त्यसको सहआयोजकका रूपमा सरकार र संघीय संसद्समेत छन् ।
‘एउटा आईएनजीओको कार्यक्रममा सरकार सहआयोजक हुने विषय गम्भीर हो,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार पत्रकार सम्मेलनमा भने, ‘जुन आईएनजीओको पृष्ठभूमि नै धर्मप्रचारसँग जोडिएको छ, त्यसैले आयोजना गर्ने कार्यक्रममा सरकार सहआयोजक बन्नु संविधानद्वारा प्रदत्त धर्म निरपेक्षताको हक विपरीतको काम हो ।’ कान्तिपुर दैनिकमा खबर छ ।