२२ असार २०८३, सोमबार

प्रधानमन्त्रीलाई बाबुराम भट्टराईले दिए यस्तो सुझाव

मंसिर १७, २०७५
प्रधानमन्त्रीलाई बाबुराम भट्टराईले दिए यस्तो सुझाव

काठमाडौं– सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्दै आएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. भट्टराईले राजधानीका पोलमा आफ्नो तस्वीर टाँसेर सरकारको प्रचार गर्नुसाटो निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन् ।

सोमबार भट्टराईले आफ्नो ट्वीटमा लेखेका छन्, ‘प्रमलाई सानो सुझाव– आफ्नो खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ईश्वरका छोरीबाट आशिर्वाद, पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी–हत्यारा छिटो सार्वजनिक गर्नोस् न ! प्रमाण मेटाउनेलाई दुई घण्टा केरकार गरे अरु झन्झटै पर्दैन ।’

यसअघि उनले एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिता र प्रधानमन्त्रीलाई दिइएको सम्मानबारे टिप्पणी गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्