२२ असार २०८३, सोमबार

एनआईसी एसिया बैंक लिमिटेडकोे शाखारहित बैंकिङ सेवा ओखलढुंगाको कुन्तादेवी पसल डाँँडामा

मंसिर २४, २०७५
एनआईसी एसिया बैंक लिमिटेडकोे शाखारहित बैंकिङ सेवा ओखलढुंगाको कुन्तादेवी पसल डाँँडामा

काठमाडौं – शहरी तथा ग्रामीण जिल्लामा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे एनआईसी एसिया बैंक लिमिटेडले ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आपm्नो बिसौं शाखारहित बैंकिङ सेवा मंसिर २१ गतेबाट सञ्चालनमा ल्याएको छ । 

शाखारहित बैंकिङ सेवाको उद्घाटन यज्ञराज सुनुवारले गरे । शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा सञ्जय खत्रीलाई बैंकद्वारा नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय वासिन्दालाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । 

सेवाबाट स्थानीय वासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहेर कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ७० शाखा कार्यालय, २ सय ८५ एटीएम, ३७ वटा एक्स्टेन्सन काउन्टर एवं २० वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २ सय ८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ६९ अर्ब पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करीब १ सय ४४ अर्बसहित निजी क्षेत्रका बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।

हालसम्म बैंकमा ग्राहकको संख्या करीब १३ लाख ५० हजार रहेको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्