२४ जेठ २०८३, आइतबार

अमर गुरुङ र नातिकाजीले राष्ट्रकवि बनाएः माधव घिमिरे

मंसिर २९, २०७५
अमर गुरुङ र नातिकाजीले राष्ट्रकवि बनाएः माधव घिमिरे

काठमाडौं–राष्ट्रकवि माघव घिमिरेले वरिष्ठ संगीतकारद्वय अमर गुरुङ र नातिकाजी श्रेष्ठका कारण आफू राष्ट्रकवि भएको बताएका छन् ।

 नातिकाजी स्मृति समाजद्वाराआयोजित संगीत महर्षी नातिकाजि श्रेष्ठको ९३ औँ जन्मजयन्तीका अवसरमा घोषित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा घिमिरेले आफू राष्ट्रकवि हुनुको पछाडी संगीतकार द्धय  गुरुङ र नातिकाजी श्रेष्ठको हात रहेको बताएका हुन् ।
 
राष्ट्रकवि घिमिरेले भने, ‘एकान्तमा बसेर गीत लेखेँ । त्यसलाई संगीत भर्ने काम अमर र  नातिकाजीले गरे । उनले संगीत नभरेको भए आज म राष्ट्रकवि हुने थिइनँ ।’ 

कार्यक्रममा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मान २०७४ बाट एलपी जोशी सम्मानीत भएका छन् । 
त्यस्तै नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट रामप्रसाद श्रेष्ठ, मदनकृष्ण श्रेष्ठ, डा भोला रिजाल, रमेश ताम्रकार, डा अरुण सायमी, पुष्करलाल श्रेष्ठ सम्मानीत भएका छन् । 
नातिकाजी राष्ट्रिय विशेष संगीत पुरस्कारबाट सुवासचन्द्र ढुंगेल, कोमल वली, राजेशपायल राई पुरस्कत भएका छन् । 

त्यसैगरी नातिकाजी संगीत प्रतिभा पुरस्कारबाट लक्ष्मण शेष, प्रमोद खरेल, मीना निरौला पोखरेल पुरस्कृत भएका छन् भने नातिकाजी स्मृति समाज योगदान सम्मानबाट द्धिराज शर्मा सम्मानित भएका छन् ।  कार्यक्रममा राष्ट्रपति घिमिरेलाई अभिनन्दन समेत गरिएको थियो ।

यसैबीच साहित्यकार डा भोला रिजालले साहित्यीक क्षेत्रका स्रष्टाहरुको उपचारमा नेपाल मेडिकल कलेजले अवस्था हेरेर २५ देखि सतप्रतिशत सम्म छुट दिने बताएका छन्  ।

salt training

कमेन्ट गर्नुहोस्