३० असार २०८३, मंगलबार

प्रधामनन्त्री विदेश भ्रमणमा जानुअघि संवैधानिक परिषद्को बैठक बस्दै

प्रधामनन्त्री विदेश भ्रमणमा जानुअघि संवैधानिक परिषद्को बैठक बस्दै
फाइल फोटो

काठमाडौं – संवैधानिक आयोगहरूमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक आइतवार बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्ड भ्रमणमा जानअुघि आइतवार अपराह्नका लागि परिषद्को बैठक बोलाइएको हो । बैठक अपराह्न ४ बजे सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा बस्दैछ । 

बैठकमा संविधान अनुसार गठन गर्नुपर्ने केही आयोगको गठन तथा रिक्त पदाधिकारी नियुक्तिबारे छलफल हुने स्रोतले बतायो । यद्यपि औपचारिक रूपमा भने एजेन्डा खुलाइएको छैन ।

प्रधामनन्त्री अध्यक्ष रहने परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने प्रावधान छ । 
 

salt training

कमेन्ट गर्नुहोस्