२५ जेठ २०८३, सोमबार

राष्ट्रिय हक्की आजदेखि शुरु

राष्ट्रिय हक्की आजदेखि शुरु

मकवानपुर– प्रथम साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता मकवानपुरको हेटौंडामा सोमबारबाट शुुरु हुने भएको छ । नेपाल हक्की संघ काठमाडौंको आयोजनामा दंगा प्रहरी नियन्त्रण गण हेटौंडा–११ मा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा ५ वटा प्रदेशका टोलीसहित नेपाल आर्मी क्लबबाट पनि खेलाडी सहभागी हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा ६ टिम सहभागी हुनेछन् ।

माघ ११ गतेसम्म हुने प्रतियोगिताको लागि ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको हक्की संघका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक मनोज शर्माले जानकारी दिए । प्रतियोगितामा प्रदेश नम्बर १, २, ३, ४, ७ र नेपाल आर्मी क्लबका खेलाडीले सहभागिता जनाउनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्