२२ असार २०८३, सोमबार

मेलम्चीको काम अघि बढाउने एडीबीसँग सहमति, इटालियन ठेकेदार कम्पनीको दिनगन्ती सुरु

माघ ८, २०७५
मेलम्चीको काम अघि बढाउने एडीबीसँग सहमति, इटालियन ठेकेदार कम्पनीको दिनगन्ती सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई विभाजन गरी छिटो सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बाँकी रहेको सुरुङ‘फिनिसिङ, हेडवक्स निर्माण र भेन्टिेलेसन’को कामलाई विभाजनगरी अगाडि बढाउने सहमति एसियाली विकास बैङ्क (एडीबी) सँग गरेको जनाएको छ ।

समिति र एडीबीको सोमबारको बैठकमा कम्पनी नआएर विभाजन गरी काम अगाडि बढाउने सहमति भएको समितिले जनाएको छ । इटालियन ठेकेदार कम्पनी सीएमसी डी–रेभेन्नालाई सम्झौता रद्द गरिएको पत्र १४ दिनको म्यादसहित पठाइएपछि अबको कामका बारेमा समितिले छलफल गरेको हो । 

पत्र पठाएको १४ दिनभित्र काममा नआए स्वतः सम्झौता रद्द हुने पत्र पठाइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार १४ दिनभित्र निर्माण कम्पनी काममा नफर्किए ठेक्का रद्द गरिने छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्