३१ असार २०८३, बुधबार

'बी' डिभिजन लिगको खेल तालिका सार्वजनिक

'बी' डिभिजन लिगको खेल तालिका सार्वजनिक

काठमाडाै‌ं- शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता यही माघ २५ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साेमबार बी डिभिजन लिगको खेल तालिका सार्वजनिक गर्दै लिग यही माघ २५ देखि शुरु हुने जानकारी दिएको हो । 

एन्फाले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् । समूह ‘ए’ मा रहेको झम्सिखेल र ब्वाइजबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । 

शहीद स्मारक ‘ए’ डिभिजन लिग सकिएलगत्तै एन्फाले ‘बी’ डिभिजन गर्न लागेको हो । ‘बी’ डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसपटकको लिगमा घटुवा बढुवा हुने छैनन् । तर १२ टोलीलाई दुई समूहमा विभाजन गरेको छ । 

एन्फाले निकालेको समूह विभाजनअनुसार समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब, बोइज युनियन क्लब रहेका छन् । समूह ‘बी’ टुसाल, पुल्चोक, मध्यपुर युथ एशोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब रहेका छन् । आगामी चैत २१ गतेसम्म हुने प्रतियोगितामा ३६ वटा खेल हुनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्