
काठमाडौं- चाबहिल क्षेत्रलाई आधार इलाका बनाएर गुण्डागर्दी गर्दै आएका गुण्डा नाइके राजु गोर्खाली पक्राउ परेका छन् ।
गोर्खालीलाई महानगरीय अपराध महाशाखाको टोलीले बानेश्वरबाट आइतवार पक्राउ गरेको हो ।
एक व्यापारीलाई धम्की दिई रकम असुलेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।