२२ असार २०८३, सोमबार

आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि जुम्लाबाट ९१ खेलाडी छनोट

आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि जुम्लाबाट ९१ खेलाडी छनोट

खलङ्गा– जुम्लाबाट आठौँ रााष्ट्रिय खेलकूद प्रतियोगिताका लागि ९१ खेलाडी छनोट भएका छन् । नौ खेलका लागि ४१ महिला तथा ५० पुरुष खेलाडी छनोट भएका हुन् । 

जिल्लाबाट पुरुष भलिबलमा १०, महिला भलिबलमा ११, पुरुष फुटबलमा १७, महिला फुटबलमा १७, कराँतेमा आठ, तेक्वान्दोमा १४, एथलेटिक्समा आठ, ब्याडमिन्टनमा चार तथा कराँतेमा दुई खेलाडी छनोट गरिएका जिल्ला खेलकूद विकास समितिका सचिव शोसन शाहीले जानकारी दिए ।

जिल्लामा भलिबलको मात्र प्रशिक्षक छन् । अन्य खेलको प्रशिक्षक अभाव छ । कराँते, तेक्वान्दो, फुटबल, एथलेटिक्सलगायत खेलको प्रशिक्षकको दरबन्दी भए पनि जिल्लामा कार्यरत भने छैनन् । 
 

salt training

कमेन्ट गर्नुहोस्