२२ असार २०८३, सोमबार

सभामुख महरालाई मुख्यमन्त्री राउतले भने ‘पार्टीको दलाल’

सभामुख महरालाई मुख्यमन्त्री राउतले भने ‘पार्टीको दलाल’

जनकपुरधाम –प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई पार्टीको दलाल भन्दै आलोचना गरेका छन् ।

प्रदेशसभा परिसरमा प्रदेशसभा मूल समारोह समितिले आयोजना गरेको प्रथम वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रतिनिधिसभाका सभामुख महराको यस्तो आलोचना गरेका हुन् । 

 प्रदेशसभाका सभामुख सरोज कुमार यादवको प्रशंसा गर्दै मुख्यमन्त्री राउतले भने, ‘सभामुख कृष्णबहादुर महरालाई यहाँ पठाएर तालिम दिनु पर्नेसम्मको स्थिति आइसकेको छ ।’ 

कम से कम पार्टीको हनुमान त बन्नु भएन भनि महराको आलोचना गर्दै उनले भने, ‘सभामुख भनेको पार्टीको कार्यकर्ता, पार्टीको दलाल, पार्टीको गुलाम होइन ।’ महराले सभामुख यादवबाट तालिम लिनु पर्ने उनले दोहोर्याए । 

‘लोकतान्त्रिक विधि र प्रक्रियाबाट सदनलाई कसरी संचालन गर्ने भन्ने कुरा उहाँले हाम्रो सभामुखज्युबाट सिक्नु पर्छ,’ मुख्यमन्त्री राउतले थपे, ‘सभामुख पार्टी र आस्थाबाट माथि उठेर निस्पक्ष भूमिका निर्बाह गर्नु पर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्