३१ असार २०८३, बुधबार

अख्तियार टोलीद्वारा एक लाख घुससहित पक्राउ

फागुन ११, २०७५
अख्तियार टोलीद्वारा एक लाख घुससहित पक्राउ

तौलिहवा- कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख रुपैयाँ घुससहित शनिवार पक्राउ परेका छन् ।

विद्यालयले आह्वान गरेको शिक्षक पदमा जागिर लगाइदिने शर्तमा सेवाग्राहीबाट सो रकम बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो । 

सदरमुकाम तौलिहवास्थित रेसुङ्गा होटलबाट समिति सदस्य चौबेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए ।

पक्राउ गरिएका चौबेउपर थप अनुसन्धानका लागि आयोगको कार्यालय बुटवल लगिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्