२३ जेठ २०८३, शनिबार

टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि शुरु हुँदै, प्रधानमन्त्री ओली उपस्थित

फागुन १७, २०७५
टुँडिखेलमा सामूहिक श्रद्धाञ्जलि शुरु हुँदै, प्रधानमन्त्री ओली उपस्थित

काठमाडौं– ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ ।

अन्तिम श्रद्धाञ्जलि दिन आफन्त, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी अधिकारी, सर्वसाधारण टुँडिखेल आउने क्रम शुरु भएको छ । श्रद्धाञ्जलिका लागि बिहान ११ बजेसम्म टुँडिखेलमा राखिने छ । श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति आउने नेकपाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली टुँडिखेल पुगिसकेका छन् ।

मन्त्री अधिकारीको आजै पोखरामा दाहसंस्कार गर्ने तयारी भएको छ । उनको राजकिय सम्मानका साथ अन्त्यष्टि गरिने सरकारले यसअघि नै जनाइसकेको छ । 
काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्