
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सीके राउतले विखण्डखन एजेण्डा त्याग्नु सकारात्मक भएको प्रतिक्रिया दिएको छ ।
शुक्रवार राप्रपाले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकार र सीके राउतबीच भएको ११ बुँदे सहमति सकारात्मक भएको प्रतिक्रिया दिएको हो ।
'विगत केही समयदेखि राष्ट्र विखण्डनको पक्षमा आवाज उठाउदै र गतिविधि गर्दै आएका सिके रावतद्वारा विखण्डनको एजेण्डा परित्यागको घोषणा गरिनु सकारात्मक छ,' विज्ञप्तिमा भनिएको छ, 'राष्ट्रिय अखण्डताको पक्षमा निरन्तर सशक्त आवाज उठाउँदै आएको राप्रपा यस घटनालाई सतर्कतासाथ स्वागत गर्दछ ।'
राप्रपाले बिखण्डनकारी मानसिकता र प्रवृत्ति जन्माउने आधारको अन्त्य नभएसम्म एक समहको निर्णयको अर्थ नरहने बताएको छ ।