
बुटवल– नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बन्दका क्रममा बुटवलस्थित राजमार्गमा संकास्पद बस्तु भेटिएको छ । बुटवल बेलहिया सडकखण्डको बुटवल उपमाहानगरपालिका वडा नं ११ स्थित कालिकाचोकमा रहेको ट्राफिक बेरिकेडमाथि उक्त बस्तु भेटिएको हो ।

बन्दको बुटवलमा आंशिक प्रभाव परेको छ । विगतको तुलनामा आज सवारीसाधन कम चलेका छन् । शहरी क्षेत्रमा यातायातका साधन चलेपनि लामो दूरीका सवारी साधन चलेका छैनन् । बन्दको आंशिक प्रभाव परेको बुटवलमा उक्त बस्तु बम जस्तो भएकोले जनजीवन त्रसित छ ।

घटनास्थलमा प्रहरीले सुरक्षा दिएको छ । अहिले नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । र डिस्पोजको तयारी गरिरहेको छ ।