कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
चैत ९, २०७५
नेपाली राजनीतिमा पेचिलो बन्दै गएको छ हिन्दू राष्ट्रको मुद्दा । यस्तै अवस्था रहेमा सरकार मात्र होइन, दलहरूकै लागि पनि ठूलै चुनौती बन्ने संकेत देखिँदैछ । यसैलाई लिएर मेचीकाली जागरण अभियानमा होमिएको छ राप्रपा नेपाल ।
वैधानिक तरिकाले नभए सडकबाटै हिन्दूराष्ट्र घोषणा गर्छौ भन्न थालेका छन् राप्रपाका नेताहरू । नेपाली कांग्रेसमा पनि यसबारे खुलेरै बहस हुन थालेको छ । कांग्रेस महामन्त्री शशांक कोइराला जनमत संग्रहबाट यसको छिनोफानो हुनुपर्छ भन्दै आएका छन् । क्रमशः अन्य नेताहरू समेत क्रमशः खुल्दै गएका छन् । सत्तारुढ दल नेकपाभित्रै पनि यसप्रति रुझान राख्ने नेता तथा कार्यकर्ता थुप्रै छन् ।
नेपाल धर्मनिरपेक्ष राष्ट्र हुनुमा कांग्रेसकै बढी भूमिका छ भन्नेमा द्विविधा छैन । यतिबेला उसकै लागि यो निल्नु न ओकल्नु भइरहेको छ । कांग्रेसले सस्तो लोकप्रियताका लागि गोडा नकमाएको भए यो सम्भव नै थिएन भन्नेमा कांग्रेसी नेताहरू नै बढी जानकार छन् । यसैको कारण कांग्रेस दोस्रो स्थानमा खुम्चिन बाध्य भएको हो भन्ने पनि कांग्रेसी नेताहरूले राम्रै बुझिसकेका छन् ।
अब पनि नचेते आगामी चुनावमा उसको स्थान अझ खस्किने पक्कापक्की जस्तै छ । त्यस्तै परे उसको स्थान राप्रपा नेपालले लियो भने पनि आश्चर्य नमाने हुन्छ । यसको समेत सायद उनीहरूले छनक पाइसकेका छन् ।
नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनमा प्रशस्तै खेल भएकै हुन् पर्दा पछाडि । सोही खेलकै नतिजा प्रस्फूटन भएको हो संविधान सभाले बनाएको संविधानमा । न जनआन्दोलनमा यस सम्बन्धी माग उठेको थियो, न तत्कालीन विद्रोही माओवादी वृत्तमै यसको संकेत देखिएको थियो । अझ आश्चर्य त के भने संविधान जारी हुनुपूर्व जनतासित मागिएको सुझावलाई समेत लत्याउने काम भएको छ । आँखिर यस्तो किन ? यसमा को कसको बढी हात छ भन्ने धेरै प्रष्ट भइसकेको छ । बाँकी पनि क्रमशः प्रष्ट हुँदै जाने नै छ । अहिलेलाई यत्ति भनौं यसभित्र ठूलै खेल भएको छ ।
बीज टुसाउन मात्र बेर लाग्छ टुसाएपछि हुर्कन बेर लाग्दैन । यो प्राकृतिक न्यायसंगतकै कुरा हो । नेपाललाई पुनः सनातन हिन्दूधर्म सापेक्षकै अवस्थामा फर्काउनुपर्छ भन्ने कुराको बीउ रोपिसकिएको छ । राप्रपा नेपालको कुरै छाडौं कांग्रेसजस्तो जनाधार भएको पार्टीका नेताहरू समेत जनमत संग्रहबाट मात्र छिनोफानो हुनुपर्छ भन्न थालेका छन् भने पक्कै यसले अर्थ राख्छ । कांग्रेसी राजनीतिकै लागि पनि यो आवश्यक भइसकेको छ ।
नेपाली नदीनालामा निकै पानी बगिसकेको छ । जनता आफैं निकै सचेत भइसकेका छन् । उनीहरू आफैं पनि जनमत संग्रहको कुरो गर्न थालेका छन् भने १ दिन राज्यले त्यसलाई स्वीकार्नैपर्छ । यद्यपि आफ्नो पितापुर्खादेखि अपनाउँदै आएको धर्म अवलम्बन गर्न कहाँ रोकेको छ संविधानले भन्ने कुरा पनि आउन सक्छ ।
हामीले सनातनदेखि चलिआएको धर्म अवलम्बन गर्न पाउने हक संविधानमै उल्लेख गरिदिएका छौ नि भन्नेहरू भेटिएका छन् । हालै कांगे्रसी नेता रामशरण महतले यस्तै कुरा गरेका थिए एक धार्मिक सभामा । तर धर्मजस्तो विषय कसैको निगाहमा सीमित हुन सक्दैन । नेपालमा अझै ८१ प्रतिशतभन्दा बढी जनता सनातन हिन्दू धर्मावलम्बी छन् । ओमकार परिवारलाई समेत जोड्ने हो भने यसको संख्या ९१ प्रतिशतसम्म पनि पुग्न सक्छ भन्ने जगजाहेर छ । यस्तो अवस्थामा उसको संरक्षणकै लागि कसैको निगाहा चाहिँदैन । सर्वप्रथम मानिसलाई मानिस भएर बस्न र बाँच्न सिकाउने यो धर्म आफैंमा त्यति कमजोर छैन, जसलाई सुरक्षित हुनकै लागि कसैको निगाहा चाहियोस् ।
छिमेकी मुलुक भारतकै कुरा गर्ने हो भने विगतमा त्यहाँ कतिपटक यसमाथि आक्रमण भयो सबैलाई थाहा छ । तैपनि त्यहाँ अझै झण्डै दुईतिहाइ जनता यसैका अनुयायी छन् । यस्तो चमत्कार वैदिक सनातन हिन्दूधर्ममा मात्र सम्भव हुन्छ । किनकि उसको विशेषता नै त्यस्तै छ । त्यसैले जनताको चिन्ता ‘बुढी मरी’ भन्नेतर्फ होइन ‘काल पल्किन’ थालेकोप्रति हो । धर्मनिरपेक्षताको आडमा यहाँ के–कति धर्मान्तरणको खेल भइरहेको छ सबैले बुझेको हुनुपर्छ । नेताहरूलाई त झन् बढी थाहा हुुनुपर्ने हो । यसलाई रोक्नकै लागि पनि नेपाललाई पुनः धर्मसापेक्ष राष्ट्रकै रूपमा फर्काउनु अत्यावश्यक भइसकेको छ ।
यसको अर्थ नेताहरू मात्र जिम्मेवार हुनुपर्छ भन्ने होइन । हिन्दूराष्ट्र माग्नेहरू पनि हिन्दू मर्यादाको सवालमा उत्तिकै सचेत हुनुपर्छ । तिथिश्राद्ध तथा न्वारन, पास्नी र जुठो सुतकको निर्णय गर्नु मात्र हिन्दूत्व होइन । हालै एक सञ्चारकर्मी मित्र भन्दै थिए, ‘हामी हिन्दूराष्ट्रको माग त गर्छौ तर साँच्चै हिन्दू मर्यादा बुझ्ने कति छन् भनेर हेर्ने हो भने लाज मान्नुपर्ने अवस्था छ ।’ उनी प्रतिष्ठित सञ्चार गृहको माथिल्लै ओहदामा छन् । देश विदेश घुमेका छन् । हामीभन्दा बढी नै जानकार छन् । उनको भनाइले निकै अर्थ राख्छ । पक्कै कर्मकाण्ड र कथावाचन मात्रै हिन्दूत्वको पहिचान होइन ।
शिखा र सूत्र मात्रै पनि होइन यो । यो त सभ्यता हो, संस्कृति हो अनि आदर्श पनि हो । त्यसैले हिन्दू राष्ट्रको माग गर्नेहरूले आफैं पनि यसतर्फ सचेत हुनुपर्छ र आचरण पनि हिन्दू मर्यादा अनुरुप नै हुनुपर्छ । कागतमा हिन्दूराष्ट्र लेखिँदैमा केही हुँदैन भन्ने जति चाँडो बुझियो त्यति नै राम्रो हुनेछ ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...