३० जेठ २०८३, शनिबार

घरमै बाघ पाल्न मन छ ? सरकारले ल्याउँदैछ वन्यजन्तु पाल्न पाउने नीति

घरमै बाघ पाल्न मन छ ? सरकारले ल्याउँदैछ वन्यजन्तु पाल्न पाउने नीति
फाइल फोटो

काठमाडौं - वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले कतिपय वन्यजन्तु पाल्न मिल्ने गरी नीति निर्माण गरिरहेको बताएका छन् ।

संरक्षित जनावरको चोरी शिकारी रोक्न पनि घरमै जनावर पाल्न दिने नीति प्रभावकारी हुने उनको भनाइ छ । वन्यजन्तु पालन अन्तर्राष्ट्रिय रूपमै प्रचलनमा रहेकाले नेपालमा पनि त्यसो गर्न लागिएको उनले बताए ।

वन्यजन्तु पालन गर्न दिँदा कतिपय अवस्थामा संरक्षित जनावरको बिक्री तिवरण हुने सम्भावना रहकाले त्यसतर्फ भने सचेत हुनुपर्ने उनले उल्लेख गरे ।

‘वन्यजन्तु पालन गर्न दिइयो भने चोरी शिकारी पनि घट्छ’, मन्त्रालयको आगामी आर्थिक वर्ष ०७६/०७७ को नीति तथा कार्यक्रमबारे छलफल गर्न ललितपुरको गोदावारीमा आयोजित कार्यशालामा मन्त्री बस्नेतले भने, ‘घरमा जनावर पाल्न दिँदा वनको शिकार हुन्छ कि भन्ने पनि चिन्ता छ । तर मूल प्रवृत्ति भनेको त्यसो गर्दा शिकार घट्छ ।’

घरमै जनावर पाल्न पाइने भएपछि मानिसहरू कारबाहीको जोमिख मोलेर संरक्षित जनावरको शिकार गर्न जंगल नजाने उनले स्पष्ट पारे ।

मन्त्री बस्नेतले नीति तथा कार्यक्रममा वनलाई समृद्धिको आधार बनाउने गरी कार्यक्रम ल्याउन सचिवसहित मन्त्रालयका कर्मचारीलाई निर्देशन दिए । उनले मन्त्रालयले जनताले देख्न, बुझन र अनुभव गर्न सक्ने खालका कार्यक्रम अघि सार्ने बताए ।

कूल भूभागको करिब ५४ प्रतिशत हिस्सा ओगटेको वन क्षेत्रको उपयोग वातावरणीय रूपमा मात्र हुन नहुनेमा उनको जोड थियो । वन क्षेत्रको संरक्षण, उपयोग र त्यसबाट प्राप्त हुने लाभहरुको समुचित वितरण गरिने उनले बताए ।

विकासवादी मानिसहरूका आँखाबाट हेर्दा वन मन्त्रालयको छवि विकासविरोधी र संरक्षणकर्मीहरुका आँखाबाट हेर्दा विनाशकारीजस्तो हुन गएको चर्चा गर्दै उनले संरक्षण र विकासको सन्तुलन मिलाउन नसक्दा त्यस्तो भएको स्पष्ट पारे ।

कार्यक्रममा मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित कार्यक्रम र बजेटको अनुमानित खाका प्रस्तुत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्