२२ असार २०८३, सोमबार

लक्ष्मी बैंक डिबेञ्चर, २०८६ को निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

लक्ष्मी बैंक डिबेञ्चर, २०८६ को निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं- लक्ष्मी बैंक लिमिटेडले निकट भविष्यमा जारी गर्न लागेको १० प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर, २०८६ को निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सोमवार एक कार्यक्रममा दुवै कम्पनीबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे । सो ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रूपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।

लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल रु २ अर्बको ऋणपत्र निश्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको ४० करोड रुपैयाँको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ । 

लक्ष्मी बैंकको सञ्जाल ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स्एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्टहरू छन् । 

salt training

कमेन्ट गर्नुहोस्