२२ असार २०८३, सोमबार

गृहमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन

बैशाख १५, २०७६
गृहमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटन

भोजपुर- गृहमन्त्री रामबहादुर थापाले जिल्ला प्रशासन कार्यालय भोजपुरको भवन आइतवार उद्घाटन गरेका छन् । 

१८ कोठा रहेको  उक्त भवन चार करोड ४८ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । भवन  सरकारको लागतमा निर्माण भएको हो ।

विसं २०६० फागुन १९ गते पुरानो कार्यालय रहेको भवनमा आगजनी गरिएपछि सोही स्थानमा नयाँ  कार्यालय भवन निर्माण गरिएको हो । भवनसँगै मन्त्री थापाले जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको पनि उद्घाटन गरेका छन् ।

आपतकालीन केन्द्र सञ्चालनका  लागि सात स्थानीय तहले एक/एक लाख रुपैयाँ बराबरको भौतिक सामग्री सहयोग गर्ने र भोजपुर नगरपालिका र षडानन्द नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको ब्यारेक परिसरमा नाइटभिजन सुविधासहितको हेलिप्याड निर्माण भइरहेको कार्यक्रममार्फत जानकारी दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्