२२ असार २०८३, सोमबार

१४ वर्षीया किशोरी ‘वलात्कारी’ प्रहरीको फन्दामा

बैशाख १७, २०७६
१४ वर्षीया किशोरी ‘वलात्कारी’ प्रहरीको फन्दामा

धनुषा–   १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार किशोरीउपर आइतबार नै बलात्कार भए पनि भोलिपल्ट सोमबार मात्र परिवारजनले प्रहरीमा उजुरी गरेपछि अभियुक्त साहलाई प्रहरीले पक्राउ गरिएको हो ।

घरमा कोही नभएको मौका छोपी साहले घरमा प्रवेश गरी किशोरीलाई बलात्कार गरेको बताइएको छ । किशोरीलाई उपचार तथा स्वास्थ्य परीक्षणको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्