३० असार २०८३, मंगलबार

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

बैशाख १८, २०७६
राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, उपराष्ट्रपति र प्रधानमन्त्रीले गरे स्वागत

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधवार स्वदेश फिर्ता भएकी छन् । 

बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले राष्ट्रपति भण्डारीलाई स्वागत गरेका हुन् । 

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएकी थिइन् । उनले उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् । 

यसैगरी उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमवार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरे । सोमवार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भयो भने उनीहरूको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर भयो । 

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्