
काठमाडौं– नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा मूल्य बढाएको छ । हवाई ईन्धन र एली ग्याँसको मूल्यमा भने कुनै घटबढ नभएको निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ एक रुपैयाँ प्रतिलिटर बढाइएको छ ।
जसअनुसार अब काठमाडौंको पेट्रोल प्रतिलिटर १११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल प्रतिलिटर ९८ रुपैयाँ पर्नेछ ।
नयाँ मूल्य आज मध्यराती १२ बजेदेखि लागू हुनेछ ।
मूल्य समायोजन पश्चात भारतको रक्सौलभन्दा नेपालको वीरगंज तर्फको सिमा मूल्यमा पेट्रोलमा रु १३ रुपैयाँ ६७ पैसा प्रति लिटर र डिजेल १५ रुपैयाँ ६४ पैसाले नेपाल तर्फ नै सस्तो पर्ने निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।