२१ जेठ २०८३, बिहीबार

राजस्थानको धूलो काठमाडौँमा

बैशाख २७, २०७६
राजस्थानको धूलो काठमाडौँमा

काठमाडौँ– बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । 
केही दिन अघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । 
“सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ,” बटुवा रमिता सुवेदीले भनिन्, “दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।” 
भारतको राजस्थानबाट आएकोे हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् । गोरखापत्र दैनिकमा खबर छापिएको छ।  

salt training

कमेन्ट गर्नुहोस्