१४ असार २०८३, आइतबार

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

    काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कंदै छन् । 

    समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री आज  स्वदेश फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । 
 प्रधानमन्त्री ओली अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री यही वैशाख २६–३० सम्म भियतनाम र वैशाख ३०–जेठ १ गतसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्